२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एनआरएनएकाे अध्यक्षमा बद्री केसीको उम्मेदवारी घोषणा

१९ असाेज, काठमाडाैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार काठमाडाैँमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष केसीले उम्मेदवारी घोषणा गरेका हुन् ।

केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएनए डेभलपमेन्ट फन्ड, गैरआवासीय नेपालीको हक अधिकारलाई मुख्य एजेन्डा बनाएका छन् । पत्रकार सम्मेलनमा उनले गैराआवासीय नेपाली संघलाई अगाडि बढाउन अध्यक्षमा उम्मेदवारी दिएकाे बताएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १६:४५