२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

चाडपर्व नजिकिएसँगै काठमाडौँमा बजार अनुगमन शुरू, १५ वटा पसल कारबाहीमा

१९ असोज, काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसल कारबाहीमा परेका छन् । चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले गरेको बजार अनुगमनका क्रममा मंगलबार १५ वटा पसल कारबाहीमा परेका हुन् ।

 

मंगलबार खाद्यान्न, लत्ता कपडा, तरकारीलगायत ३२ वटा पसलहरूमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसल कारबाहीमा परेका हुन् । कारबाहीमा परेका पसलबाट एक लाख ४५ हजार रुपैयाँ जरिबाना तिराइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जानकारी दिएको छ । प्रशासनका अनुसार केही पसलहरूलाई तत्काल सुधार गर्न निर्देशन र केहीलाई आवश्यक स्पष्टीकरण सोधिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १५:००