३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

सहमति कार्यान्वयनकाे माग गर्दै विप्लव नेतृत्वको नेकपाकाे जिल्ला प्रशासन कार्यालयमा धर्ना

१८ असोज, बैतडी । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले साेमबार जिल्ला प्रशासन कार्यालय बैतडी अगाडि दुई घण्टा धर्ना दिएको छ । यसअघिको सरकारसँग भएका सहमति कार्यान्वयनका लागि दबाब दिने उद्देश्यले देशव्यापी कार्यक्रमअनुसार धर्ना दिइएको नेकपाका जिल्ला सेक्रेटरी रामबहादुर कुँवरले बताए ।

सरकारले आफ्नो पार्टीसँग गरेको सहमतिअनुसार तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, राजबन्दी रिहा गर्नुपर्ने, झुटा मुद्दा खारेज गर्नुपर्ने लगायतका माग राखेर धर्ना दिइएको कुँवरले बताए ।

प्रकाशित मिति : October 4, 2021 at 4:37 pm