२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको नाम जोडिनु असान्दर्भिकः सर्वोच्च अदालत

१८ असाेज, काठमाडौँ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधानन्यायाधीशको संलग्नता नरहेको स्पष्ट पारेको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्रेस विज्ञप्ति जारी गर्दै केहीदिनयता मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधानन्यायाधीशको नाम जोडिएर आएका समाचारको सन्बन्धमा सर्वोच्च अदालतकाे गम्भीर ध्यानाकर्षण भएकाे बताएका छन् ।

मन्त्रिपरिषद्को गठन एवं विस्तार संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने भन्दै सर्वोच्चले प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडिएकोमा आपत्ति जनाएको छ ।

‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रूपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद एवं खेदजन्य विषय हो’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १५:१३