२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रधानन्यायाधीश राणाको स्पष्टिकरणः म मन्त्रिमण्डलको भागवण्डामा छैन, मैले किन माग्नु ?

१८ असोज, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले मन्त्रिमण्डलमा भाग नमागेको बताएका छन् । सर्वोच्च अदालत बार एशोसिएनसका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डल भागवण्डामा आफ्नो कुनै भूमिका नरहेको बताए ।

प्रधानन्यायाधीशले भाग मागेपछि मन्त्रिमण्डल विस्तार हुन नसकेको समाचारहरु आएपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज विहान प्रधानन्यायाधीश जबरालाई भेटेका थिए । भेटमा मन्त्रिमण्डलमा भागवण्डाबारे जिज्ञासा राखेको अध्यक्ष शाक्यले बताए ।

‘उहाँले मैले यस्तो काम गरेको छैन । अहिलेसम्म संविधान र न्यायापालिकाको मैले बचाउ नै गरेको हो । यसमा असर पर्ने कामहरु गरेको छैन । मन्त्रिमण्डलमा को राख्ने नराख्ने प्रधानमन्त्रीको जिम्मेवारीको कुरा हो । मेरो कुनै भूमिका हुँदैन । मैले केही भनेको पनि छैन,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै शाक्यले भने ।

आफूहरुले त्यहीँ किसिमको स्टेटमेन्ट आउनुपर्ने सुझाव दिएको शाक्यले बताए । ‘औपचारिक वक्तव्य आएपछि हामी थप अगाडि बढ्छौं,’ उनले भने ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १२:४४