२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

यस्ताे हुनेछ एमालेकाे केन्द्रीय सदस्य बन्ने मापदण्ड

१७ असोज, काठमाडौँ । एमालेले केन्द्रीय सदस्य हुने मापदण्ड संशोधन गरेको छ । ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले प्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ दिँदै केन्द्रीय सदस्यको मापदण्ड संशोधन गरेको बताए । एमाले केन्द्रीय सदस्य बन्न ६ वटा मापदण्ड तोकिएको छ ।

जसमा केन्द्रीय निकायको सदस्य भएको, राष्ट्रिय परिषद् सदस्य भइसकेको, प्रदेश कमिटीको सदस्य भएको, केन्द्रीय विभागको सचिव या सदस्य भएको, १० वर्ष पार्टी सदस्य भएर जिल्लामा एक कार्यकाल काम गरिसकेको, दलित, महिला, अपांगता भएका सीमान्तकृतको हकमा भने सात वर्षा पार्टीमा काम गरेको र एक काय{काल जिल्ला कमिटीमा बिताएको हुनुपर्नेछ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार १४:१९