२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

माइत जान हिँडेकी रामकली मृत अवस्थामा फेला

१७ असोज, सुर्खेत । सल्यानमा माइत जान हिँडेकी महिला मृत अवस्थामा फेला परेकी छन् । सल्यान बागचौर नगरपालिका-२ गैरी निवासी अन्दाजी ५४ वर्षीया रामकली खत्री शनिबार साँझ मृत अवस्थामा फेला परेकी हुन् ।

शनिबार करिब साढे ४ बजे माइती जान्छु भनेर घरबाट निस्किएको र घरदेखि करिब एक किलोमिटरको दूरीमा ठाटीचौरको कच्चीबाटोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिए ।

फाइल तस्वीर

घटना शंकास्पद हुन सक्ने भन्दै अनुसान्धानका लागी कोहलपुरबाट तालिमप्राप्त कुकुर ल्याउन लागेको डिएसपी थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार ११:४९