६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

नेकपा एसका नेता टंक मोक्तान र पत्रकार रामकुमार एलनविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

१६ असोज, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवं मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक बहादुर मोक्तान र पत्रकार रामकुमार रिजाल ‘एलन’ विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगका प्रवक्ता नारायण रिसालले शुक्रबार विज्ञप्ति मार्फत मोक्ता र रिजालसहित मकवानपुरको कैलाश गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापाल त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलको विरूद्धमा भ्रष्टार मुद्दा दर्ता गरेको हो ।

आयोगले अध्यक्ष मोक्तान, फिलिंगो मिडियाका सञ्चालक पत्रकार रामकुमार रिजाल लगायतको संलग्नतामा रु.२,६०,९००।- (अक्षेरूपी दुई लाख साठी हजार नाै सय रूपैयाँ) भ्रष्टाचार भएको ठहर गरेको छ । आयोगले युवा क्षमता बिकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम संचालन गर्दा अनियमितता भएको अनुन्सधानबाट पत्ता लगोको जनाएको छ ।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘कैलाश गाउँपालिकाले आ.ब. २०७५/०७६ मा आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम संचालनबापत भए गरेको कामभन्दा बढी रु.२,६०,९००।- भुक्तानी गरी लिए दिएको पुष्टि हुन आएको र सो कार्यमा देहायका व्यक्तिहरुले देहायबमोजिम कसुर गरेकोले निजहरुलाई देहायबमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।’

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार ११:५१