२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

काेराेना अपडेटः १०६६ संक्रमित थपिए, १३ जनाको मृत्‍यु, ९३८ संक्रमणमुक्त

१५ असोज, काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी थप १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

यस्तै, काेराेना संक्रमणबाट  पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।  योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ । साेही अवधिमा ९३८ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । अहिलेसम्म ७ लाख ६६ हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ जना रहेका छन् । जसमध्ये १६ हजार ८८१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १७:१३