१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

पोखराद्वारा १२४ रनको लक्ष्य प्रस्तुत


१५ असोज, काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टिट्वान्टी क्रिकेट अन्तर्गत जारी खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा राइनोजले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १२३ रन बनाएको हो ।

पोखराको लागि विवेक यादवले सर्वाधिक ५३ रन बनाए । ४५ बल खेलेका विवेकले ३ चौका र ३ छक्का प्रहार गरे । चितवनका साहब आलमले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरीले २ र सोमपाल कामीले १ विकेट लिए । यसअघि आज भएको पहिलो खेलमा ललितपुर प्याट्रियाट्सले विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १६:३०