२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

जीपको ठक्करबाट घाइते भएका २ छात्राको उपचारको क्रममा मृत्यु

१५ असोज, सुर्खेत । जीपको ठक्करबाट गम्भीर घाइते भएका दुई छात्राको उपचारको क्रमममा मृत्यु भएको छ । राप्ती प्रादेशिक अस्पताल दाङमा उपचारको क्रममा आज उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार मृत्यु हुनेमा शारदा नगरपालिका–६ बरलाकी करिब १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी करिब १८ वर्षकी सुनिता नेपाली छन् ।

शुक्रबार बिहान १० बजेतिर विद्यालय जाने क्रममा उनीहरूलाई जीपले ठक्कर दिएको थियो । थारमारेबाट खलंगातर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरका जीपले शारदा नगरपालिका- २ स्थित राप्ती राजमार्गको बाङ्गे सल्ला नजिकै सडक छेउको छहारीमा बसेका उनीहरूलाई ठक्कर दिएको थियो । चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच आक्रोशित स्थानीयले दिउँसो २ बजेपछि राप्ती राजमार्ग बन्द गराएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १६:२१