१३ मंसिर २०८३, शनिबार | Sat Nov 28 2026

रुघाखोकीका कारण ओली अस्वस्थ भएपछि राजनीतिक प्रतिवेदन शंकर पोखरेलले प्रस्तुत गर्दै

https://www.muktinathbank.com.np/online/loan-application

१५ असोज, काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले जारी प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्तुत गर्न बीचमै छाडेर शंकर पोखरेललाई जिम्मेवारी दिएका छन् ।

गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा जारी प्रथम विधान महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहँदा अस्वस्थताको कारण देखाउँदै बीचमै छाडेका हुन् ।

‘रुघाखोकीका कारण मलाई असहज भइरहेको छ । राजनीतिक प्रतिवेदन लामो पनि छ’, ओलीले भने, ‘म राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न नेता शंकर पोखरेललाई जिम्मेवारी दिन्छु ।’

अध्यक्ष ओलीले बीचमै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न छाडेर जिम्मेवारी दिएपछि अहिले नेता पोखरेलले अध्यक्षकोतर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

प्रकाशित मिति : October 1, 2021 at 3:04 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/