२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

विधान महाधिवेशनमा केपी ओलीको स्वागतका लागि पञ्चकन्या

१५ असोज, काठमाडौँ । एमाले अध्यक्ष तथा विधान महाधिवेशन कार्यक्रमका सभापति केपी ओलीको स्वागतमा पञ्चकन्या खटाइएको छ । पुष्पगुच्छासहित एकै प्रकारको पोशाक लगाएका कन्याले ओलीसहितका शीर्ष नेतालाई पुष्पगुच्छाले स्वागत गर्दैछन् ।

पञ्चकन्यासँगै नेता रामबहादुर थापा ‘बादल’, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, महाधिवेशन भएको क्षेत्र ललितपुरका एमाले सांसद नवराज सिलवाललगायतका नेताहरू स्वागतका लागि बसेका छन् । १५–१७ असोजसम्म एमालेको प्रथम विधान महाधिवेशन गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सनराइज हलमा हुनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १३:०७