२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

बाजुरामा कांग्रेसका कार्यकर्ताद्धारा एम्बुलेन्स तोडफोड

-जीजन कैला

१५ असाेज, बाजुरा । नेपाली कांग्रेस बाजुराका कार्यकर्ताले नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स ताेडफाेड गरेका छन् । कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा प्रदेश (ख) मा निर्वाचनकाे मतगणना स्थल बनाएको बडिमालिका नगरपालिकाको गेटभित्र राखिएको एम्बुलेन्समाथि ताेडफाेड भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कांग्रेस कार्यकर्ताले एम्बुलेन्सकाे अगाडिको सीसा फुटाइदिएका हुन् । घटना बिहीबार राति भएकाे हाे ।

एम्बुलेन्स भारतीय दुतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाजुराले सञ्चालन गरिरहेकाे थियाे । मर्मत गरेर ल्याइएको एम्बुलेन्समा ताेडफाेड भइकाे रेडक्रस बाजुराका सभापति रमबहादुर शाहीले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १०:५२