२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

एमालेको विधान महाधिवेशनको जिम्मा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादललाई

१४ असोज, काठमाडौँ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा १५-१७ असोजमा हुन लागेको एमालेको विधान महाधिवेशनको जिम्मा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले पाएका छन् ।

केन्द्रीय समितिबाट पाएको जिम्मेवारीअनुसार महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न सक्रिय रहेको बादलले जानकारी दिएका छन् । उनले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

बादलको नेतृत्वमा गठन भएको विधान महाधिवेशन मूल व्यवस्थापन समितिमा शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशिला नेपाल र पासाड. शेपा सदस्य छन् ।

समितिले पाएको जिम्मेवारी कार्य विभाजनसहित कार्यसम्पादन गरिरहेको बादलले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १५:२०