२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

भदौ १८ देखि हराएका पन्थीकाे शव घर नजिक फेला

१४ असोज, गुल्मी । मालिका गाउँपालिका-७ का ३१ वर्षका लेखनाथ पन्थी घर नजिक मृत फेला परेका छन् । सुस्त मनस्थिति भएका पन्थी १८ भदौदेखि घरबाट हराएका थिए ।

फाइल तस्वीर

पन्थीको शव घर नजिक जंगलमा स्थानीयले निउरो टिप्न गएका बेला देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेयले बताए । शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १४:००