२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

श्रीमानको चिर्पट प्रहारबाट श्रीमतीको मृत्यु

-हरिप्रसाद भुसाल

१३ असोज , अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानको चिर्पटबाट आफ्नै श्रीमतीको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका–७ म्यूखोलाका कृष्ण विकले ३५ वर्षीया श्रीमती सीता विकलाई चिर्पट प्रहार गरी हत्या गरेका हुन् ।

फाइल तस्वीर

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन शाहका अनुसार आरोपी कृष्णले आफूले श्रीमतीको चिर्पट प्रहारबाट हत्या गरेको स्वीकारेका छन् । मंगलबार साँझ करिब ८ बजे विकले श्रीमती सीतामाथि चिर्पट प्रहार गरेका थिए । मदिराको नसाको सुरमा श्रीमती सीताको विकले हत्या गरेका प्रहरीले जनाएको छ । आरोपित विकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १४:०१