२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा

१३ असोज, काठमाडौँ । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा परेको छ । अन्तिम सुनुवाइका लागि बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासमा पेसी चढेको थियो ।

तर सुनुवाइ नै सुरु नगरी ‘हेर्न नमिल्ने’ आदेश भएको हो । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या अभियोगमा सभामुख सापकोटाविरुद्ध परेको मुद्दा सर्वोच्चमा लामो समयदेखि विचाराधीन छ । पटकपटक पेसी चढे पनि सुनुवाइ सर्दै आएको छ ।

सापकोटाविरुद्ध अर्जुनकी पत्नी पूर्णिमाया लामा, मानवअधिकारकर्मी सुशील प्याकुरेल, पत्रकार कनकमणि दीक्षितलगायतले छुट्टाछुट्टै मुद्दा दायर गरेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १२:५६