२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

माओवादी नेता पुन उपचारका लागि थाइल्याण्ड उडे

१३ असोज, काठमाडाैँ । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।

जण्डिसको वंशाणुगत समस्या भएका उनलाई थप समस्या देखिएपछि उपचारका लागि बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

पुनले थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी हुन् । पुनले यसअघि सुमेरु अस्पतालमा उपचार गराएका थिए। पुनले २०७२ मा पनि थाइल्याण्डमा उपचार गराएका थिए।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार ०७:५७