२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सरकारले संविधान मिच्दा सञ्चार माध्यम मौन बसेः अध्यक्ष ओली

१२ असोज, काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट संविधान मिचिँदा सञ्चार माध्यम मौन बसेको गुनासो गरेका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित विभिन्न सञ्चार माध्यमका ५० जनाभन्दा बढी सम्पादकसँग अन्तरक्रिया गर्दै उनले सरकारबाट एकपछि अर्काे पटक संविधान मिचिँदा सञ्चार माध्यम मौन बसेको बताएका हुन् ।

आफ्नो सरकारको पालामा सञ्चारमाध्यमबाट भएको खबरदारीलाई धन्यवाद दिएका उनले भने, ‘एमाले सरकारमा छँदा सञ्चार माध्यमबाट महत्वपूर्ण सहयोग पायौं । सरकारले गल्ती नगरोस् भनेर अमूल्य सुझावहरू दिनुभयो । ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्‍यो ।’

सरकारलाई सञ्चार माध्यमको खबरदारी आवश्यक पर्ने बताएका अध्यक्ष ओलीले देउवा सरकारलाई खबरदारी नपुग्दा संविधान मिचिने काम भएको टिप्पणी गरे । संविधान मिचिँदा सञ्चार माध्यम मौन बस्दा सरकारले गल्ती गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १७:४८