परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
१२ असाेज, काठमाडाैँ । परराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र मन्त्रीमा नियुक्त गरेपछि असोज ६ गते खड्काले राष्ट्रपतिबाट शपथ लिएका थिए। कानुनले परिकल्पना गरेको कुनै ढाँचा बिना असंवैधानिक तवरले गराइएको शपथ बदर गर्न माग गर्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

उनको रिट दर्ता भइसकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। उनले शपथसम्बन्धी कानुन निर्माण नगरी कसैलाई मन्त्रीको हैसियतमा सपथ नगर्न/नगराउन आदेश पनि मागेका छन्।
प्रकाशित मिति : September 28, 2021 at 5:24 pm





