हेलो ! देउवा, प्रचण्ड र नेपाल जी, यहि हो अग्रगमन, संविधान र लोकतान्त्रको रक्षा ?
१२ असोज, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई भष्ट र निर्लज्ज राजनीतिको जवलन्त नमुनाको रूपमा व्यख्या गरेका छन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गठबन्धनले राजनीतिमा निकै तल्लोस्तरको अभ्यास सुरू गरेपछि थापाले आक्रोश पोखेका हुन ।
संसदमा प्रवेश भैसकेको दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेपछि आक्रोशित देखिएका अध्यक्ष थापाले यसलाई भ्रष्ट र निर्लज्ज राजनीतिको ज्वलन्त नमुनाको रूपमा व्यख्या गरेका छन ।
अध्यक्ष थापाले अध्यादेश ल्याएर पार्टी फुटाउने र आफ्नो बहुमत पुर्याउने अनि संसदमा टेबुल भैसकेको अध्यादेश फिर्ता लिने यही हो लोकतन्त्र भनेर प्रश्न गरेका छन ।

अध्यक्ष थापाले भनेका छन, ‘भ्रष्ट र निर्लज्ज राजनीतिको ज्वलन्त नमुना। परमादेशबाट प्रधानमन्त्री नियुक्ति,त्यस्तो प्रधानमन्त्रीलाई विश्वासको मतदिँदा पद नजाने आदेश,त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुईवटा दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता। यहि हो अग्रगमन, संविधान र लोकतान्त्रको रक्षा ?’
प्रकाशित मिति : September 28, 2021 at 8:19 am









