२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

अमेरिकाबाट परराष्ट्रमन्त्री खड्काले भनेः एमसीसी संशाेधन नगरी संसदबाट अनुमोदन गर्नुपर्छ

११ असोज, काठमाडाैँ । परराष्ट्रमन्त्री नारायण खड्काले एमसिसी संशोधनबिनै संसदबाट अनुमोदन हुने बताएका छन । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री खड्काले एमसीसी कुनै हालतमा संशोधन हुन नसक्ने बताएका हुन ।

मन्त्री खड्काले एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड रहेको र त्यो नेपालमा संशोधन गर्दा अन्य देशमा समेत समस्या अाउने भएकाले संशोधन गर्न नसकिने बताए । उनले भनेका छन, ‘राष्ट्रिय सहमति अपरिहार्य हो। तर एमसिसी बारे भइरहेका अनर्गल प्रचार गलत हो ।’

एनआरएन न्युर्योक च्याप्टर, जनसम्पर्क समिति अमेरिका, न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा मन्त्री खड्काले एमसिसी नेपालको आवश्यकता भएको दाबी गरे ।

उनले भने, ‘एमसिसी नेपालको आवश्यकता हो। यो सवै राजनीतिक दललाई अवगत छ। बाहिर हल्ला गरेजस्तो एमसिसी होईन । तर पनि दोहोरो चरित्रले शोभा दिँदैन यो विसुद्ध अनुदान हो। न त सेना नेपाल भित्रिन्छ न त राष्ट्रियता कमजोर हुन्छ। एमसिसी विकास हो ।’

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १२:२७