२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

काठमाडौँमा १८ वर्षमाथिका सबैलाई आजबाट कोरोनाविरूद्ध खोप लगाइदै

११ असाेज, काठमाडौँ ।  आजदेखि काठमाडौँमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बद्रीबहादुर खड्काले खोप प्रदान गर्न काठमाडौँका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको जानकारी दिए । काठमाडौँ महानगरपालिकाको हकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको अस्पताल तथा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुतीगृहमा खोप केन्द्र निर्धारण गरिएको छ ।

बाँकी पालिकाका खोप केन्द्रमा खोप लगाइने जनाइएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १०:२७