नेपाली कांग्रेसबाट दुई पटक सांसद भएका राजवंशी नेकपा एमालेमा प्रवेश
११ असोज, काठमाडौँ । नेपाली कांग्रेसबाट दुई पटक सांसद भएका अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन । राजवंशी दुबै संविधानसभामा नेपाली कांग्रेसको तर्फबाट सांसद रहेका थिए । उनी झापाको विर्तामोडका हुन । राजवंशीलाइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार खादा ओढाएर एमालेमा स्वागत गरे ।
प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १०:१३