२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

इङलिस प्रिमियर लिगः आर्सनलले टोटनहमलाई हरायो


११ असोज, काठमाडाैँ । इङलिस प्रिमियर लिग (इपिएल) मा टोटनहमले लगातार तेस्रो जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको लण्डण डर्बीमा आर्सनलले टोटनहम माथि ३-१ गोल अन्तरको जित निकालेको हो । आर्सनलका लागि इमिल स्मिथ रोव, पिरे इमेरिक औबामेयाङ र बुकायो साकाले १/१ गोल गरेका थिए ।

स्मिथ रोवले गोल गर्दै घरेलु टोलीलाई १२औँ मिनेटमा अग्रता दिलाएका थिए । स्मिथ रोवको पासमा गोल गर्दै पिरे इमेरिक औबामेयाङले २८औँ मिनेटमा आर्सनलको अग्रता दोब्बर पारे । साकाले ३४औँ मिनेटमा अर्को गोल गरेर आर्सनललाई पहिलो हाफमै ३-० को प्रभावशाली अग्रता दिलाए ।

भ्रमणकारी टोटनहमका लागि ७९ मिनेटमा दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले १ गोल फर्काएका थिए । सनले सर्जियो रिग्विलनको पासमा गोल गरे ।

आर्सनलको यो प्रिमियर लिगमा लगातार तेस्रो जित हो । जितपछि आर्सनल सहरी प्रतिद्वन्द्वी टोटनहमलाई गोलअन्तरमा पछि पार्दै प्रिमियर लिग अंक तालिकाको १०औँ स्थानमा उक्लिएको छ ।

६ खेलमा दुवै टोलीले समान नाै अंक जोडे पनि टोटनहम गोलअन्तरमा पछाडि छ । समान नाै अंक जोडेको ब्रेन्टफोर्ड भने नवौँ स्थानमा छ ।आइतबार रातिका अन्य खेलमा उल्भरह्याम्पटनले साउथह्याम्पटनलाई १-० को नतिजामा हराएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार ०७:५६