३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

किरियापुत्री घरका लागि मण्डी, कसौँडी, झारी लगायतको सामग्री सहयोग

११ असाेज, नुवाकोट । बिदुर नगरपालिका वडा नं. ४ हावाघरमा रहेको बट्टार किरियापुत्री कल्याणकारी प्रतिष्ठानलाई समाजसेवी रुकमेणी सेढाईले आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेकाछन् ।

सेढाईका स्वर्गीय ससुरा प्रेमराज पाण्डेको स्मृतिमा किरियापुत्री प्रतिष्ठानलाई करिव पचपन्न हजारकाे सामाग्री प्रदान गरेका हुन्। प्रतिष्ठानका सचिव उद्धवराज थापाका अनुसार सेढाईबाट दस थान मण्डी, दुई थान ढलाैटकाे कसौंडी, पन्यू, ग्यास सिलिन्डर, झारी, घल्चा, छ थान चम्चा र दुई थान ग्यास चुलो प्राप्त भएको हाे।

शनिवार एक समारोहका विच सामान हस्तान्तरण गरिएको हाे। हस्तान्तरण कार्यक्रममा विदुर नपा ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठ, नेकपा एमाले नुवाकोटका नेता अनुजकुमार श्रेष्ठ, किरियापुत्री भवन व्यवस्थापन समितीका अध्यक्ष माेहन खड्का, उपाध्यक्ष भुवनलाल राज भण्डारी लगायत प्रतिष्ठानका पदाधिकारीहरुकाे उपस्थिति रहेको थियाे।

किरियापुत्री प्रतिष्ठानकाे पहिलो चरणमा दश वटा कोठा सहितको भवन बिदुर नगरपालिका तथा दाता समाजसेवीहरुबाट प्राप्त सहयोगले निर्माण सम्पन्न भएको हाे। दाेश्राे चरणकाे निम्ति आवश्यक सहयोग जुटाउने कार्य भैरहेको र छिट्टै निर्माण कार्य शुरु गरिने प्रतिष्ठानका सचिव थापाले बताउनु भयाे। बढ्दो शहरीकरणका कारण मृत्यु संस्कार कार्य गर्न हुने समस्या यस्तो किरियापुत्री भवनकाे निर्माणले सहज हुने गरेकोछ।

प्रकाशित मिति : September 27, 2021 at 8:20 am