२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

एमालेले अब नेता-कार्यकर्तालाई नियमित प्रशिक्षण चलाउने

१० असोज, काठमाडौँ । नेकपा एमालेले पार्टी नेता, कार्यकर्तालाई प्रशिक्षण दिनका लागि नियमित अभियान चलाउने निर्णय गरेको छ ।ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा तीन दिनदेखि भएको केन्द्रीय कमिटी बैठकले पार्टी संक्रमणकाल अवस्थामा रहेकोले कार्यकर्तामा वैचारिक र सैद्धान्तिक ज्ञानका लागि प्रशिक्षण अभियान नियमित चलाउने निर्णय गरेको हो ।

‘पार्टीमा संक्रमणकाल स्थिति भयो । पार्टीमा वैचारिक र राजनीतिक प्रशिक्षण भएनन् । पार्टी स्कुल विभाग पनि चलेन,’ बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘त्यसो हुँदा कार्यकर्तामा वैचारिक र सैद्धान्तिक ज्ञान हुन नसकेकोले आगामी दिनमा पार्टी प्रशिक्षण नियमित गर्ने भएको छ । ’

यस्तै पार्टीभित्र गुटबन्दी निरुत्साहित गर्ने र पार्टीमा योग्यता, काम र क्षमताको आधारमा कार्यकर्ताको मूल्याङ्कन गर्नेसमेत निर्णय गरेको उनले बताए । राजनीतिक प्रतिवेदनमा अबको निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी अघि बढ्नुपर्ने निष्कर्ष गरेको उनको भनाई रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १८:४६