२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

साफका लागि सुनिल क्षेत्रीको कप्तानीमा भारतीय टोली घोषणा


१० असोज, काठमाडौँ । आगामी पुरुष साफ च्याम्पियनसिपको लागि भारतले राष्ट्रिय टोलीको घोषणा गरेको छ । माल्दिभ्समा राजधानी मालेमा आयोजना हुने साफ च्याम्पियनसिपको लागि भारतीय प्रशिक्षक इगोर इस्टिमेकले सुनिल क्षेत्रीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ । सात पटकको च्याम्पियन भारतले १९ असोजबाट बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

भारतीय २३ सदस्यीय टोली 

गोलकिपर :गुरप्रीत सिंह, अमरिन्दर सिंह, विशाल कैठ डिफेन्डर : प्रीतम कोटल, सेरिटन फर्नान्डेज, चिङलेनसाना सिंह, राहुल भेके, सुभासिस बोस, मान्दर रावो देशाइ

मिडफिल्डर : उदन्त सिंह, ब्रान्डोन फर्नान्डेज, लालेङ्गमाविया, अनिरुद्ध थापा, साहल अब्दुल समाद, जेक्सन सिंह, ग्लान मार्टिन्स, सुरेश सिंह, लिस्टन कालाको, यासिर मोहम्मद फर्वाड : मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री, फारुख चौधरी

प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १७:४६