१३ मंसिर २०८३, शनिबार | Sat Nov 28 2026

नेपालमा २७ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप

https://www.muktinathbank.com.np/online/loan-application

१० असोज, काठमाडौँ । नेपालमा २७.६ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्ममा देशभर ३० प्रतिशतले आंशिक र २७.६ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् ।

मन्त्रालयका अनुसार खोपको पूर्ण मात्रा लगाउने कुल संख्या ६० लाख १४ हजार नौ सय ४१ छन् भने पहिलो मात्रा लगाउने ६५ लाख २८ हजार तीन सय ९२ पुगेका छन् । यस्तै खोप लगाउने महिलाको संख्या ३२ लाख नौ सय ९८ छ भने ४६ लाख नौ हजार ६ सय ६४ जना पुरुषले खोप लगाएका छन् ।

प्रकाशित मिति : September 26, 2021 at 2:51 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/