२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला

१० असोज, काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ ।अन्दाजी ४० वर्षीय पुरुषको शव निर्माणाधीन शौचालयको प्यासेजमा फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए ।

फाइल तस्वीर

मृतककाे पहिचान अझै हुन नसकेको वडाध्यक्ष तामाङले बताए । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयले बताएका छन् । शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १२:४८