२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

कांग्रेसको इलाम नगर सभापतिमा तीर्थ गुरुङ निर्वाचित

१० असोज, इलाम । नेपाली कांग्रेसको इलाम नगर सभापतिमा तीर्थ गुरुङ निर्वाचित भएका छन् । गरुङ १२८ मतसहित सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका बाँकी चार प्रतिस्पर्धीमा अमृतलाल श्रेठले ८०, लिला थापाले ७५, निर्मल राउतले ७३ र सोम सुसेलीले १९ मत प्राप्त गरे ।

नगर उपसभापतिमा सुशीला सापकोटा र उर्मिला निरौला निर्वाचित भए । सचिवमा वीरेन्द्र काकी र निराजन भट्टराई, सहचिवमा प्रज्वल घिमिरे र वीरेन्द्र राईले निर्वाचित भए । नगर कार्यसमितिका सदस्य भने निर्विरोध चयन भएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार ०८:३०