२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

तरूण दल नुवाकोटका नेता गजुरेलको टिपरको ठक्करबाट मृत्यु, अन्य दुई घाइते

१० असोज, नुवाकोट । नुवाकोटको थानसिङमा टिपरको ठक्करबाट एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । शनिबार राति लिखु गाउँपालिकाको अमिलबोटेमा ना ८ ख ५७९१ नम्बरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको छहरे प्रहरी चौकीले जानकारी दिएको छ ।

टिपरको ठक्करबाट तरूण दल नुवाकोटका नेता रामकुमार गजुरेलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा नमराव रोक्का र प्रकाश पाठक गम्भीर घाइते भएका छन । उनीहरूको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलमै मृत्यु भएका गजुरेल गत स्थानीय निर्वाचनमा लिखु ३ मा वडा अध्यक्षका उम्मेदवार समेत रहेका थिए ।

सडकको किनारामा साइड लाइट बालेर मोटरसाइकल रोकी राखेर गफगरिरहेका युवाहरू भएको स्थानमा टिपरले ठक्कर दिएको स्थानीयले बताएका छन। टिपर लाइसेन्स नभएको व्यक्तिले चलाएको र उनी भागेको बताइएको छ । अहिले स्थानीयले बाटो बन्द गरेर दोषीमाथि कारबाहीको माग गरिरहेका छन ।

प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार ०८:१९