२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

फोटो पत्रकार क्लबको जिम्मेवारी पहिलो पटक महिलाको काँधमा, अध्यक्षमा श्रुति श्रेष्ठ निर्वाचित

९ असोज, काठमाडौँ । नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरूको छाता संगठन पिजे क्लब, नेपालको ११औं साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गरेको छ । श्रुति श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

अध्यक्षमा श्रेष्ठसहित उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका दीपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सेना र कोषाध्यक्षमा राजधानी दैनिकका द्वारिकाप्रसाद काफ्ले, सचिवमा नयाँ प्रत्रिका अमूल थापा निर्विरोध निर्वाचित भएका छन् । फोटो पत्रकार क्लबको नेतृत्व पहिलो पटक महिलाको काँधमा आएको छ ।

यसैगरी गोरखापत्रका विकास द्घारे प्रवक्ता चयन भएका छन् । सदस्यहरूमा कान्तिपुरका अंगद ढकाल, सेतोपाटी डट कमकी निशा भण्डारी, देशसञ्चार डट कमकी बर्षा शाह, दी हिमालय टाइम्सका स्कन्द गौतम, अन्नपूर्ण पोस्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटोपत्रकार लक्ष्मीप्रसाद ङाखुशी चयन भएका छन् ।

निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक निरजंन राजबशी, वरिष्ठ फोटोपत्रकारहरू नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्वअध्यक्ष प्रकास माथेमा, पूर्वकार्यवहाक अध्यक्ष केशबराज थोकरले प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा एशोसियट प्रदेशका महासचिव रोयल आचार्य, क्लवका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बिकास कार्की र क्लवका पूर्वअध्यक्ष प्रकास माथेमाको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार २२:२३