२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको धक्का

९ असोज, काठमाडाैँ । सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको पाङ्गटाङ्ग केन्द्रबिन्दु बनाएर शनिबार दिउँसो भूकम्प गएको हो ।

दिउँसो १२ बजेर १२ मिनेटमा पाङ्गटाङ्ग केन्द्र बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प महसुस गरिएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार १३:३६