२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

सर्वाेच्चले निर्वाचन आयोगसँग माग्यो नेकपा एस दर्ता गर्नुको कारण

८ असोज, काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगसँग नेकपा एकीकृत समाजवादी दर्ता गर्नुको कारण माग गरेको छ । राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेश र सोही अध्यादेशका आधारमा दर्ता भएको नेकपा एसको दल दर्ता बदर गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलाशले यस्तो कारण माग गरेको हो ।

संवैधानिक इजलासमा भएको सुनुवाइपछि विपक्षी नेपाल सरकार, निर्वाचन आयोग र सभामुखसहितलाई कारण देखाउ आदेश जारी भएको सर्वोच्च प्रशासनले जनाएको छ। संवैधानिक इजलाशले छलफलका लागि दुवै पक्षलाई बोलाउँदै विपक्षीबाट लिखित जवाफ माग गर्ने आदेश जारी गरेको छ।

संसद छलेर अध्यादेश ल्याइएकाले बदर गर्न माग गर्दै अधिवक्ता श्रीकान्त बरालले सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत निर्वाचन आयोग र सभामुखको विरूद्धमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : September 24, 2021 at 2:32 pm