२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

एमालेको अवरोधकाबीच संसदबाट आर्थिक विधेयक पारित

७ असाेज, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक पारित भएकाे छ । बिहिबारकाे बैठकबाट असोज ४ गते पेस गरिएको आर्थिक विधेयक २०७८ बहुमतले पारित भएको हाे । आर्थिक विधेयकको दफा २ देखि ४५ र सम्बन्धी अनुसूची १ देखि ४ सम्म विधेयकको अंग बनोस भनी सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

संसदको वेल घेराउ गरेर एमाले सांसदहरुले नारावाजी गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारवाही अगाडि बढाएका थिए । नाराबाजीकै बीच सभामुखले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएको व्यहोराको राष्ट्रपति कार्यालयबाट पत्र पढेर सुनाएका थिए ।

माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय कार्यान्वयन नगरेर पार्टी विभाजनमा भूमिका खेलेको भन्दै सभामुख सापकोटाको भूमिकालाई लिएर एमालेले भदौ २३ गतेदेखि संसदमा नाराबाजी कायम गरिरहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १५:०५