२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नेकपा एसकाे सचिवमा रामकुमारी झाँक्री चयन

७ असाेज, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी टुंगो लगाएको छ । नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् ।

त्यस्तै उपमहासचिवमा डा विजय पौडेल, डा.गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् । सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी, केशवलाल श्रेष्ठ चयन भएका छन् । महासचिव बेदुराम भुसाल बनेका छन् । सचिवालयले टुंगो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिदैछ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १२:२८