३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

काठमाडौँ उपत्यकामा थपिए ५६४ कोरोना संक्रमित

६ असाेज, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३५५ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा १५१ जना गरी उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

पछिल्लो २४ घण्टामा देशभर थप १४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर २१ हजार १३९ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : September 22, 2021 at 5:11 pm