२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

काेराेना अपडेटः १४७८ संक्रमित थपिए, ६ जनाको मृत्यु, १६३० संक्रमणमुक्त

६ असाेज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ११०६७ जनाको पीसीआर परीक्षण गर्दा १२५१ र २८६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २२७ जना गरी थप १४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ। सोही अवधिमा १६३० जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १७:०४