२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

पहिरोसँगै खसेको ढुंगालेले लागेर राेल्पामा आमा–छाेरीको मृत्यु

६ असाेज, रोल्पा । ढुंगाले लागेर आमा–छोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका ९ हाङबाङकी २५ वर्षीया सङ्गीता पुन र उनकी दुई वर्षीया छोरीको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मकैबारीमा गएर फर्कने क्रममा माथिबाट खसेको पहिरोसँगै खसेकाे ढुंगाले लागेर लड्दा आमा–छोरीको मृत्यु भएको हाे । ढुंगाले लागेर खोल्सामा खसेका आमाछोरीको शव बाढीले पुरेको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १४:१९