पहिरोसँगै खसेको ढुंगालेले लागेर राेल्पामा आमा–छाेरीको मृत्यु
६ असाेज, रोल्पा । ढुंगाले लागेर आमा–छोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका ९ हाङबाङकी २५ वर्षीया सङ्गीता पुन र उनकी दुई वर्षीया छोरीको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मकैबारीमा गएर फर्कने क्रममा माथिबाट खसेको पहिरोसँगै खसेकाे ढुंगाले लागेर लड्दा आमा–छोरीको मृत्यु भएको हाे । ढुंगाले लागेर खोल्सामा खसेका आमाछोरीको शव बाढीले पुरेको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : September 22, 2021 at 2:19 pm





