२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नवौं महाधिवेशन फागुनमा गर्ने विप्लव समूहको निर्णय

६ असाेज, काठमाडाैँ । नेत्रविक्रम चन्द (विप्लव) समूहको नवौं महाधिवेशन आगामी फागुनमा हुने भएको छ । तनहुँको बन्दीपुरमा बसेको विप्लव समूहको केन्द्रीय समितिको ११ औं बैठकले जनयुद्ध दिवसको अवसरमा आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो ।

 

महाधिवेशन अघि मंसिर ८ गते काठमाडौँमा सभा तथा प्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ । अहिलेको शासन प्रणाली असफल भएको निष्कर्षमा पुगेको विप्लव समूहले सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध तथा एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । उसले अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी सबै शक्तिहरूसँग सहकार्य गर्ने जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १२:५५