२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

राष्ट्रपति भण्डारीद्वारा नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त

६ असाेज, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेकी छन् । बुधबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९)बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।

परराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्काको बुधबार दिउँसो १ जे शपथ लिने कार्यक्रम छ । परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेपछि राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी न्युयोर्क जाने छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १२:३४