२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मन्त्रीको टुंगो लगाउन प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

६ असाेज, काठमाडाैँ । मन्त्रीको टुंगो लगाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको टुंगो लगाउन बैठक बोलाइएको उनले जानकारी दिए । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका काँग्रेस सभापति शेरबहादुर देउवाले ७० दिन वितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो । साेही अनुरूप अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार ११:११