२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

कपनमा ढलले बालक बगायो, खोजी जारी (भिडियो)

५ असोज, काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिकामा ढलले बालक बगाएको छ । अन्दाजी १४ वर्षको बालकलाइ ढलले बगाएको स्थानीय समेत रहेका पत्रकार आशिश गुरागाइँले जानकारी दिएका छन ।

उनले फेसबुक मार्फत बालक ढलमा बगेको र अहिले खोजी जारी रहेको भिडियो सार्वजनिक गरेका छन । बालकको पहिचान भने खुलेको छ । सुरक्षाकर्मी र स्थानीयले बालकको खोजी जारी राखेका छन ।

बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १२ कपनको मिलनचोक नजिक तरकारी बजारछेउको ढलकामा बालक बगेको बताइएको छ । भिडियो तल हेर्न सक्नुहुन्छ । तस्बीर र भिडियोः पत्रकार आशिश गुरागाइँ

@dainiki.com

बुढानिलकण्ठ १२ मा ढलले बालक बगायो, खोजी जारी .भिडियो सौजन्यः आशिश गुरागाइँ

♬ original sound – dainiki.com – dainiki.com

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार २३:०९