२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

ओली सरकारको निर्णय उल्ट्याउन देउवाले आफ्नै सासूलाई पनि राजदूतबाट फिर्ता बोलाए

५ असोज, काठमाडौँ । शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याउनका लागि आफ्नै सासूलाई समेत फिर्ता बोलाउने निर्णय लिएका छन ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि ओली सरकार र त्यसअघिको पुष्पकमल दाहाल नेतृत्वको सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार प्रचण्डले नियुक्त गरेका दुई र ओलीले राजदूत नियुक्त गरेका १० जना घर फर्किनुपर्नेछ । घर फर्किनुपर्नेमा जापानका लागि नेपाली राजदूत समेत रहेकी प्रधानमन्त्री देउवाकी सासू प्रतिभा राणा समेत परेकी छिन ।

ओली सरकारले राजदूतमा नियुक्त गरेर पठाएका महेन्द्रबहादुर पाण्डेदेखि निलाम्बर आचार्यसम्म सबै फिर्ता हुनेछन ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार २०:१७