माधव नेपालको अध्यादेशवाला पार्टी दर्ताको सक्कल फाइल सर्वोच्चले माग्यो
५ असोज, काठमाडौँ । सर्वोच्च अदालतले माधवकुमार नेपालको अध्यादेशको बलमा जन्मिएको नेकपा एकीकृत समाजवादी दर्ताको सक्कल फाइल मागेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग सक्कलै फाइल मागेको हो ।
मंगलबार न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुडालको संयुक्त इजलासले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल निर्णय माग गर्ने आदेश दिएको हो ।
प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार १५:३५