२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नेपाल निजामती कर्मचारी संगठनका नेताहरू पक्राउ गरेकोमा एमालेको आपत्ति

४ असोज, काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । सोमबार साँझ उनीहरू पक्राउ परेको र केही कर्मचारी नेता माथि कुटपिट र कार्यालय तोडफोड भएको घटनाप्रति एमालेले आपत्ति जनाएको हो ।

एमालेले कार्यालय तोडफोड र कर्मचारी नेताहरूमाथि हातपात गर्ने समूहको पहिचान गरी कारबाही गर्न माग गरेको छ । साथै नेपाल निजामति कर्मचारी संगठनको कार्यालयभित्रै नेकपा एमालेविरूद्ध नाराबाजी भएकोमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केदार देवकोटा नेतृत्वमा संगठनका नेताहरू कार्यालयमा बसिरहेको समयमा अर्को पक्षले कार्यालय कब्जा गर्न खोजेको थियो । त्यसपछि दुवै पक्षबीच विवाद भएको थियो । विवादपछि प्रहरीले देवकोटासहितका ६० भन्दा बढी कर्मचारी नेतालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार ०७:२५