३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

गल्छी-त्रिशुली खण्डको विदुरमा बाढीले फेरि सडक बगायो, सवारी आवागमन पूर्ण अवरूद्ध

४ असोज, काठमाडौँ । नुवाकोटको विदुरमा बाढीले सडक बगाउँदा सवारी आवागमन बन्द भएको छ । गल्छी-त्रिशुली सडक-खण्डको विदुरमा बाढीले फेरि सडक बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीले सोमबार साँझ सातबजेतिर बाढीले सडक बगाएको जनाएको छ । निरन्तर वर्षा भैरहेकाकारण तत्कालै मर्मत समेत सम्भव नभएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : September 20, 2021 at 9:03 pm